काठमाण्डु - निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ मकवानपुरका दुईवटै निर्वाचन क्षेत्र अन्तर्गतका नौ वटा स्थानीय तहका मतदान स्थलहरूको स्थलगत अनुगमन गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको संयुक्त टोलीले हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, मकवानपुरगढी, बागमती, भीमफेदी, राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउँपालिकाका मतदान स्थलहरूको…