काठमाण्डु- देशका धेरै ठाउँमा सोमबार दिनभरजसो पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही ठाउँहरुमा, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भेगका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट भित्रिएको…