सुर्खेत – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी आन्दोलनलाई बचाउने गरी पार्टी एकता गर्न तयार रहेको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले नेकपाले १० महिनाअघि नै एकता गर्ने निर्णय गरे पनि माओवादी अल्मलिएको बताए । ‘हामी नेपालमा एकताबद्ध कम्युनिस्ट पार्टी निर्माणको लागि लागिरहेका छौं…