काठमाण्डु- डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिका रूपमा आफ्नो दोस्रो कार्यकालको सुरुवात गरेका छन् । कार्यकालको सुरुआत गर्दै उनले विभिन्न कार्यकारी आदेशहरू जारी गरेका छन् । पदभार ग्रहण गरेको केही घण्टाभित्रै राष्ट्रपति ट्रम्पले ह्वाइटहाउसबाट विभिन्न दस्तावेजहरूमा हस्ताक्षर गरेर अनुमोदन गरेका छन् । उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय संकटकालको घोषणा गरेका छन् भने लागुपदार्थ तस्करहरूको गिरोह, कार्टेलहरूलाई आतंकवादी संगठन…