काठमाण्डु- फिल्म ‘नाक्छोङ’ (विजुवा)को छायांकन सुरु भएको छ । मोरङको बेलाबारीमा शुभ–मुर्हूत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । फिल्मको मुर्हूत परम्परागत भन्दा केही भिन्न तवरबाट गरियो । मुर्हूतमा स्थानीय विजुवाले तीन चुला र चिण्डोलाई पूजासहित पुर्खाहरू सम्झँदै फिल्मको मुर्हूत गरेका थिए । मुर्हुत कार्यक्रममा लेखक तथा निर्देशक नविन सुब्बा, मिलन चाम्सलगायत स्थानीय कलाकर्मीको उपस्थिति…