काठमाण्डु - ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्कामाथि मन्त्रालयभित्रै दुर्व्यवहार गर्ने व्यक्ति गोरखाको अजिरकोट गाउँपालिका–५, मुच्चोकका हरि पोखरेल रहेको खुलेको छ । प्रहरी स्रोतले पोखरेलले मन्त्री खड्कामाथि हातपात र दुव्र्यवहार गरेको जानकारी दियो । मन्त्री खड्कामाथि पुस २६ गते शुक्रबार मन्त्री कार्यकक्षबाट बाहिरिँदै गर्दा हातपात भएको थियो । मन्त्री खड्काको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले पोखरेललाई समाते…