काठमाण्डु-भारतमा जारी खो खो विश्वकपको क्वाटरफाइनलमा नेपाली पुरूष टिम प्रवेश गरेको छ । बिहीबारको खेलमा भुटानलाई हराउँदै नेपाल क्वाटरफाइनलमा स्थान बनाएको हो । समूह ‘ए’ अन्तर्गत भएको खेलमा नेपालले तेस्रो जित निकाल्ने क्रममा भुटानलाई ९८–८ अंकको अन्तरले हराएको हो । त्यसअघि बुधबार भएको खेलमा नेपालले ब्राजिललाई १३४–८ को फराकिलो अन्तरले हराएको थियो । पहिलो खेलमा…