बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, मन्त्रीको राजीनामा र आन्दोलनबारे छलफल हुने

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामा, शिक्षक आन्दोलन लगायत विषयमा छलफल हुनेछ । नेपाल शिक्षक महासंघले राखेका मागबारे छलफल भएर सहमतिनजिक पुगेको चर्चाबीच शिक्षामन्त्री भट्टराईको राजीनामा आएपछि सोमबारको मन्त्रिपरिषद् बैठकलाई चासोसाथ हेरिएको छ ।