जनकपुरधाम – ऐतिहासिक गंगासागर पोखरी क्षेत्रमाथि भइरहेको अतिक्रमण प्रयास अन्ततः अदालतको हस्तक्षेपपछि रोकिएको छ । उच्च अदालत जनकपुरले पोखरीको डिल मिचेर अगाडि बढाइएको भवन निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश जारी गरेको छ । आदेशले स्थानीय तह, गुठी संस्था र सम्पदा सरोकारवाला निकायहरूलाई चकित बनाउँदै जनकपुरको धार्मिक, पर्यटकीय र सांस्कृतिक पहिचानमाथि भइरहेको योजनाविहीन हस्तक्षेपमाथि न्यायिक…