काठमाण्डु– नेकपा एमालेले यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सन्राइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना हुने दोस्रो विधान महाधिवेशनमा चारवटा प्रमुख कार्यसूचीमा केन्द्रित छलफल हुने भएको छ। एमाले प्रचार विभाग प्रमुख एवं स्थायी कमिटी सदस्य राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव तथा केन्द्रीय निकायहरू — चार सल्लाहकार परिषद् र…