पूर्व-पश्चिम एसियन, जुम्ला–सुर्खेत र जयपृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डु - पूर्व–पश्चिम एसियन हाइवे पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले सडक कटान गर्दा बाटो अवरुद्ध भएको हो । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलामा पूर्व–पश्चिम एसियन हाइवे बाढीले कटान गरेको प्रहरीले जनाएको छ । हिमपाइप लगाएर बनाइएको ड्राइभर्सन खोलामा आएको बाढीले कटान गरी बगाएपछि सवारी आवतजावत बन्द भएको प्रहरीले जनाएको छ । जुम्ला–सुर्खेत सडकखण्ड…