अखिल क्रान्तिकारीको अध्यक्षमा श्याम रोक्काको उम्मेदवारी घोषणा

काठमाण्डु – अखिल क्रान्तिकारीको केन्द्रीय समितिको २३औं राष्ट्रिय सम्मेलनमा अध्यक्ष पदका लागि श्याम रोक्काले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छन् । ‘जसको नीति, उसैको नेतृत्व’ र ‘विद्यार्थी आफैंले परिवर्तनको नेतृत्व गर्नुपर्ने’ मान्यतासहित रोक्काले उम्मेदवारी सार्वजनिक गरेका छन् । असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफिया विरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको उनले बताए ।…