काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेपछि बैठक सुरु भएको हो । राष्ट्रपतिसँगको भेटवार्तामा कानूनमन्त्री, मुख्यसचिव र कानून सचिव समेत सहभागी थिए ।