काठमाण्डु- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले नेपाल प्रशासन सेवाका १८ जना उपसचिवलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ । पुस १९ गतेको निर्णयानुसार मन्त्रालयले प्रशासन सेवाका उपसचिवहरूलाई कार्यक्षमताको मूल्यांकनद्वारा बढुवा सिफारिस गरेको हो । सिफारिस गरिएका उपसचिवहरूमा प्रेम प्रसाद लुइँटेल, राम दत्त पाण्डेय, लक्ष्मण ढकाल, विनीता भट्टराई, दिल कुमार…