काठमाण्डु– काठमाण्डुबाट ओखलढुंगा जाँदै गरेको यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । प्रदेश ३ ०१–००५ख ९९७५ नम्बरको बस रामेछापको सेलेघाटमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेर कम्तीमा ५ जनाको घटनास्थलमा मृत्यु भएको छ भने ६ जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । अहिले उद्धार कार्य जारी रहेको रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । घटनाको…