लाइन होटलमा मुख्यमन्त्री सिंहको अनुगमन

काठमाण्डु- मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले राजमार्गमा रहेका लाइन होटलहरुको अनुगमन गरेका छन् ।राजधानीसँग जोडिएका मुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुहरूले लाइन होटलहरूमा अखाद्य खाना खुवाउने गरेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले बिहीबार राती लाईन होटलहरूको अनुगमन गरेका हुन् । सो क्रममा धनुषाको मिथिला नगरपालिका–१० लालगढस्थित दर्जनौ लाइन होटलहरूमा अनुगमन गर्दा अधिकांश होटल मापदण्ड विपरीत रहेको…