विद्या भण्डारीको सदस्यता नवीकरण भएको छैन, निर्णय पार्टीले गर्छ : प्रधानमन्त्री ओली

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणबारे निर्णय पार्टीले औपचारिक छलफलपछि गर्ने बताएका छन्। शुक्रबार बसेको पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने भन्ने विश्वासका आधारमा दोस्रो कार्यकालका लागि राष्ट्रपति बनाइएको उल्लेख गरे। “उहाँलाई दोस्रो पटक पार्टीले राष्ट्रपतिको जिम्मेवारी दिएको थियो। संवैधानिक व्यवस्थाअनुसार…