सशस्त्र प्रहरीले अत्यावश्यक सामग्रीहरूमा चरम अभाव भोग्नुपरेको आईजिपी अर्यालको गुनासो

काठमाण्डु- सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजिपी) राजु अर्यालले संगठनले अत्यावश्यक सामग्रीहरूमा चरम अभाव भोग्नुपरेको गुनासो गरेका छन्। शुक्रबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आइजिपी अर्यालले गृहमन्त्री रमेश लेखकको सामु रासन, पोशाक, सवारी साधन र आवासजस्ता आधारभूत आवश्यकता अपुग रहेको बताएका हुन्। 'एक जना प्रहरीका लागि दैनिक रासन खर्च २०३ रुपैयाँ ५५ पैसा तोकिएको…