काठमाण्डु - एभरेष्ट महिला भलिबल लिग (ईडब्लुभीएल) को साविक उपविजेता ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ। अघिल्लो संस्करणको टोलीबाट एक खेलाडी रिटेन गर्न पाउने नियम अनुसार ललितपुरले पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो। यस्तै मधेस युनाइटेडले दोस्रो सिजनका लागि स्पाइकर निरुता ठगुन्नालाई मार्की खेलाडीमा निरन्तरता दिएको छ। नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य स्पाइकर…