काठमाण्डु–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उनले ‘कोमल कार्प’ नामको उन्नत जातको आलुखेती गरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । प्रति दाना ५ रुपैयाँका दरले ८ किलो आलु रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए । पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु…