पुरानो र नयाँ मन्त्री निवास क्षेत्रमा निषेधाज्ञा

काठमाण्डु – जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रमेश ढकालले पुरानो मन्त्री निवास पुल्चोक र नयाँ मन्त्री निवास क्षेत्र भैंसेपाटीमा निषेधाज्ञा जारी गरेका छन् । आईतबार जारी निषेधाज्ञाअनुसार मन्त्री निवास क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलस, प्रदर्शन तथा विरोधसभा जस्ता कार्यक्रममा रोक लगाइएको छ । स्थानीय प्रशासन ऐन…