काठमाण्डु– विधायन व्यवस्थापन समितिले चेक अनादरको विषय अदालती प्रक्रियामा जाँदा चेकमा उल्लेख रकमको पाँच प्रतिशत जरिबाना लाग्ने व्यवस्थामा सहमति गरेको छ। राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति बैठकमा समितिका सभापति तुलसीकुमारी दाहालले यस्तो जानकारी दिएकी हुन्। उनले कसैले खातामा रकम नभएको चेक दिएको छ भने ४५ दिनभित्र फर्स्योट गर्नुपर्ने व्यवस्था विधेयकमा गरिएको बताइन्। उक्त मितिमा…