काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि मंगलबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार सभामुख देवराज घिमिरेले बोलाएका प्रमुख सचेतकहरूको बैठकले पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डलाई मंगलबार बोल्न समय दिने निर्णय गरेको हो । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश…