काठमाण्डु- कुपोषित बालबालिकालाई लक्ष्य गरिएको पोषण कार्यक्रम होस् वा एचआईभी/एड्स र क्षयरोगजस्ता समस्या भएका मानिसलाई निःशुल्क उपचार सेवा, अमेरिकी सहयोग नहुँदा स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम अन्योलमा परेको छ । अमेरिकी सहयोग रोक्काले उब्जाएको अनिश्चयका कारण नेपालमा स्वास्थ्य, शिक्षाजस्ता आधारभूत क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाहरूलाई असर परिसकेको नेपाल गैरसरकारी संस्था महासंघले जनाएको छ । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय…