काठमाण्डु - नेकपा (माओवादी केन्द्र)को सुदूरपश्चिम प्रदेशमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिममा पार्टी भित्र देखिएको विवाद समाधान गर्न दिएको निर्देशन पटक पटक अवज्ञा मात्र भएको छैन, विवाद समाधान हुने छाँटकाँट पनि देखिएको छैन । पार्टीको संसदीय दलभित्र उत्पन्न विवाद मिलाउन प्रदेश पार्टी नेतृत्वलाई अध्यक्ष प्रचण्डले पटक पटक…