काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राजासंस्थाको पक्षमा आईतबार भएको प्रदर्शनमा सहभागी हजारौंको हुल जनताकै भएको टिप्पणी गरेका छन् । सोमबार मुद्दाको सुनवाइका लागि जिल्ला अदालत रुपन्देही पुगेका सभापति रविले सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै जनता सडकमा आइरहेकोबारे सरकारले जवाफ दिनुपर्ने बताए । ‘यो दुईतिहाइको सरकार भन्या होइन र ? हामीले त भ्रष्टाचारविरुद्ध…