काठमाण्डु-दक्षिण कोरियाका राष्ट्रपति माथिको महाभियोग प्रस्ताव विफल भएको छ । महाभियोगको प्रस्ताव अनुमोदनका लागि दुई सय मत आवश्यक रहेकोमा विपक्षी दलका सबै एक सय ९२ र सत्तारूढ दलका ३ सांसदले मात्रै प्रस्तावको पक्षमा मतदान गरेका बीबीसीले जनाएको छ । राष्ट्रियसभाका सभामुखले प्रस्ताव अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने घोषणा गरेका छन्।…