काठमाण्डु – पाकिस्तानमा जारी दृष्टिविहीन टी–२० विश्वकपअन्तर्गत बुधबार भएको खेलमा घरेलु टोलीसँग नेपाल पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग नेपाल १० विकेटले पराजित भएको छ । नेपालले पहिले ब्याटिङ गर्दै १८ ओभरमा ५ विकेट गुमाएर १०० रनको योगफल तयार गरेको थियो । भरत थापाले सर्वाधिक ३९ तथा नरेश चौधरीले १७ रन जोडेका…