काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपीएल)मा ६ जना विदेशीले कमेन्ट्री गर्ने भएका छन् । अमेरिकाका एन्ड्रयु लेनर्ड, एचडी अकरम्यान, ड्यारेन गौफ, श्रीधरण श्रीराम, मोनाली पटेल र मिखाइल वासवानीले एनपीएलमा कमेन्टेटरमा रहने छन् । एन्ड्रयु नेपाली क्रिकेटमा चिनिएका कमेन्टेटर हुन् । नेपालका हरेक खेल प्रायः उनले नै कमेन्ट्री गर्दै आएका छन् । एचडी दक्षिण अफ्रिकाका पूर्वक्रिकेट खेलाडी हुन्…