क्यानेडेली क्रिकेटर जाफर लुम्बिनी लायन्समा भए आवद्ध

काठमाण्डु-नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले क्यानेडेली क्रिकेटर साद बिन जफरलाई अनुबन्धित गरेको छ । गएको टी२० विश्वकपमा जफरले क्यानडाको कप्तानी गरेका थिए । लुम्बिनी लायन्सले लामो समयदेखि क्यानडाबाट खेल्दै आएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्वक्षमतासहित थप मजबुत बनाउने आशा गरेको छ । पाकिस्तानमा जन्मिएका उनको क्रिकेट करियर क्यानडामा बितेको छ…