काठमाण्डु – सर्वोच्च अदालतले काठमाण्डु उपत्यकाका नदीनाला आसपास २० मिटर जग्गा छोड्नुपर्ने फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले सर्वोच्चकै न्यायाधीशहरू आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले पुस ३ गते गरेको फैसलाको पुनरावलोकन गर्न अनुमति दिएको छ । अब मुद्दा पुनः सुनुवाइको प्रक्रियामा…