काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्कीले सरकार तोकिएकै मितिमा भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अहोरात्र खटिएको बताएकी छन् । मंगलबार बालुवाटारमा राजनीतिक दलहरूसँग भएको छलफलमा प्रधानमन्त्री कार्कीले सरकारले निर्वाचन तयारीलाई प्राथमिकतामा राखेको बताउँदै सबै दलहरूलाई सहयोग र एकताको आग्रह गरिन् । ‘चुनाव गराउन सरकार पूर्ण रूपमा कटिबद्ध छ,’ उनले भनिन्, ‘यसका लागि मन्त्रीहरू, सुरक्षा निकाय र…