ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्युपछि भारतीय दूतावास अगाडि प्रदर्शन

काठमाण्डु – भारतको ओडिसामा नेपाली छात्राको शंकास्पद मृत्युपछि काठमाण्डुस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले विश्वविद्यालयमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीविरुद्ध सोमबार साँझ काठमाण्डुको लैनचौरस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ । ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को छात्राबासमा नेपाली छात्रा रुपन्देहीकी प्रकृति…