काठमाण्डु-नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा. बाबुराम भट्टराईले माओवादी केन्द्रलाई ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त हुने टिप्पणी गरेका छन् । ‘अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त होला । किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमी कमजोरीसहित आधुनिक नेपाल राज्य बनेयताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित…