बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने १ महिला पक्राउ

काठमाण्डु – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तार्केश्वर गाउँपालिका–१ स्थायी ठेगाना भई हाल काठमाण्डु महानगरपालिका–१६ बस्ने ३६ वर्षीया कुमारी तामाङ रहेकी छिन् । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार तामाङले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभन देखाई बेलायत लैजाने भन्दै…