जसपाका केन्द्रीय सदस्यसहित १०० जना कांग्रेसमा प्रवेश

काठमाण्डु– जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्‍न पार्टीका १०० जना नेता–कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्‍न पार्टीका नेताकार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । सभापति शेरबहादुर देउवाले खादा लगाउँदै उनीहरुलाई कांग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका हुन् । कांग्रेसमा प्रवेश गरेका नेता(कार्यकर्ताहरुलाई सम्बोधन गर्दै…