सभापति रविको ‘न्यायका लागि’ बृहत् अभियान गर्ने रास्वपाको निर्णय, दीपक बोहरा संयोजक

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको ‘प्रतिशोधविरुद्ध न्यायका लागि बृहत् अभियान’ गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा बृहत् अभियानको अवधारणापत्र अनुमोदन गर्दै संयोजकको जिम्मेवारी सहकोषाध्यक्ष दीपक बोहरालाई तोकिएको उल्लेख छ । ‘अबको राजनीतिक मुद्दा देश–विदेशमा रहेका आमनेपालीहरूमाझ नै…