काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछानेलाई बचाउन माओवादीले खबरदारीसभा गरेको आशंकालाई खण्डन गरेका छन् । शनिबार काठमाण्डुमा भएको खबरदारी सभामा बोल्दै अध्यक्ष प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको आरोप लगाए । सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन…