प्रधानमन्त्री कार्कीसँग कांग्रेस सभापति थापासहित नेताहरूको भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री सुशीला कार्की र नेपाली कांग्रेसका सभापति गगनकुमार थापासहित नेताहरूबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबिच भेटवार्ता भएको हो । भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पुष्पा भुसाल पनि सहभागी थिए । फागुन २१ गतेको निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गरेको भन्दै कांग्रेस सभापति थापाले प्रधानमन्त्रीलाई धन्यवाद दिएका…