काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बदलिँदो राजनीतिक परिवेशसँगै नेपाली कांग्रेसलाई प्रविधिमैत्री र आधुनिक पार्टीका रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । बिहीबार आयोजित कार्यक्रममा पाल्पाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सन्दीप रानालाई सम्मान गर्दै उनले राजनीति अब पूर्ण रूपमा डिजिटल माध्यममा केन्द्रित हुँदै गएको बताए । ‘हामीले डिजिटलाइजेसन आत्मसात गर्न सकेनौँ भने प्रतिस्पर्धामा टिक्न सक्दैनौँ,’…