विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौं : प्रधानमन्त्री

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताएका छन् । वर्तमान सरकारको १०० दिनको उपलब्धि बुधबार सार्वजनिक गर्दै उनले सडक, पुलजस्ता भौतिक पूर्वाधारमा पुगेको क्षतिका कारण सवारीसाधन आवतजावतमा समस्या भए पनि सरकारको प्रयासमा समस्या समाधान भएको बताए । ‘ठाउँठाउँमा सडक भत्किएका थिए, सडक पहिरोले पुरिएका थिए…