बारा – प्रसौनी गाउँपालिका–२ प्रसौनी बजारबाट अवैध लागूऔषध गाँजा करीब ९ किलो २४१ ग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय ५५ वर्षीया रम्भा देवी मुखिया, ३८ वर्षीय जोगिन्द्र मुखिया र पर्साको बिन्दबासिनी गाउँपालिका घर भएकी ६० वर्षीया ममतादेवी मुखिया छन् । ईलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले रम्भा देवीलाई ३…