नेदरल्याण्ड्सका लेभिटले एनपीएलमा काठमाडौं गुर्खाजमा अनुबन्ध

काठमाण्डु-नेदरल्याण्ड्सका ब्याट्म्यान माइकल लेभिट काठमाडौं गुर्खाजबाट खेल्ने भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौँले लेभिटलाई अनुबन्ध गरेको हो । काठमाडौंले बुधबार सामाजिक सञ्जालमार्फत लेभिटलाई अनुबन्ध गरेको जनाएको छ । काठमाडौंले लेभिटलाई पहिलो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो । यसअघि पोखरा एभेन्जर्सले पनि नेदरल्यान्ड्सका अलराउण्डर बास डे लिडलाई अनुबन्ध गरिसकेको छ ।…