अन्तरविद्यालय बास्केटबल बिएनए कप भोलिदेखि

काठमाण्डु- आठौं बिएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । वसुन्धरा नेसनल एकेडेमी (बिएनए)को आयोजनामा हुने प्रतियोगितामा दुई विधामा गरी कुल २४ टोलीको सहभागिता रहने बिएनएका प्रिन्सिपल टंककुमार चापागाईंले जानकारी दिए । जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२ टोली सहभागी हुनेछन्। दुवै समूहका सहभागीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा…