काठमाण्डु-यस वर्षको नोबेल पुरस्कार चिकित्सातर्फ अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभकुनलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । ‘माइक्रोआरएनए’ को आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकासम्बन्धी खोजका लागि एम्ब्रोस र रुभकुनलाई पुरस्कृत गर्ने निर्णय गरिएको कमिटीले जनाएको छ । घोषित पुरस्कार चिकित्साशास्त्रमा प्रदान गरिने ११५ औं नोबेल पुरस्कार हो । चिकित्सातर्फ हालसम्मका २ सय २९ विजेतामध्ये…