काठमाण्डु- अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रसाशनले अमेरिकाले दिने सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको छ । साथै नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको छ । अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई एउटा आन्तरिक पत्र पठाउँदै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाइएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरिएको…