मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

काठमाण्डु – मोटरसाइकलको ठक्करबाट तनहुँमा १ पैदल यात्रीको मृत्यु भएको छ । शनिबार बिहान पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गल्छिनामा मोटरसाइकलले ठक्कर दिएको हो । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–११ अलैंचेकी ५५ वर्षीया देवीमाया विक छन् । उनी छोरीको घर जान बाटो पार गर्दै गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो । म्याग्दीको बेनीबाट चितवनतर्फ जाँदै गरेको ग१४प…