काठमाण्डु– भारतको उत्तरकाशीमा हेलिकप्टर दुर्घटना भएको छ । बिहिबार बिहान तीर्थयात्री बोकेको हेलिकप्टर उत्तरकाशीको गंगानीक्षेत्रमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार क्याप्टेन रोबिन सिंहले चलाएको हेलिकप्टर सहस्त्रधारा हेलिप्याडबाट उडेको थियो भने खरसाली जाँदै गरेको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले बिहीबार सामाजिक सञ्जाल प्लेटफर्म 'एक्स'मा उत्तरकाशीको गंगनानी नजिकै भएको…