काठमाण्डु-काठमाडौं उपत्यकासहित वाग्मती, कोशी र गण्डकी प्रदेशमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भक्तपुर जिल्लास्थित हनुमन्ते खोला जगाती जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहनजिक पुगेको छ । त्यस्तै हनुमन्ते खोलाको जलसतह बढ्दै गएकाले तटीय क्षेत्रमा रहने सबैलाई बिहीबार दिउँसोसम्मै सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको…