पानी पार्ने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै, ठाउँठाउँमा वर्षाको पूर्वानुमान

काठमाण्डु – नेपालको पश्चिमी भूभागबाट शनिबार पानी पार्ने बादल विकसित भएर पूर्वतर्फ सरिरहेकाले ठाउँठाउँमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले अझै केही दिन बदली कायम रहने जानकारी गराउँदै सावधानी अपनाउन अनुरोध गरेका छन् । शनिबार साँझ गण्डकी प्रदेशस्थित गोरखाको हिमाली तथा पहाडी भेगबाट र…